१६ माघ २०८२, शुक्रबार | January 30, 2026

५० मिटर अग्लो पर्खालबाट आमाछोराले हामफाले, आमाको घटनास्थलमै मृत्यु



काठामाडौं । भक्तपुरको मध्यपुर थिमिमा पर्खालबाट हामफाल्दामा एक महिलाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका-५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको हो । उनीसँगै हाम फालेका ४९ वर्षीष छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् ।

बुधबार राति साढे १० बजेतिर आमाछोराले पर्खालमा चढेर हामफालेका थिए । मनमायाको घटनास्थलमै मृत्यु भएको हो । छोरा मातुरामको भने मध्यपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनीहरू बस्ने डेरा नजिकै रहेको पिपलको रूखमा झण्डै ६० मिटर अग्लो पर्खाल लगाइएको छ । सोही पर्खालमा चढेर दुवै जनाले हाम फालेका हुन् ।

मोरङको सुन्दर हरैचा नगरपालिका- ९ विराटचोक घर भई हाल कमेरेटारमा डेरा गरी बस्दै आएका थिए । लामो समयदेखि डिप्रेशनको औषधि खाइरहेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १२ : ५९ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र