१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

स्याङ्जाका तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी



स्याङ्जा । स्याङ्जामा तीन पालिका प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

पुतलीबजार नगर प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकीको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएका हुन् ।

एमालेबाट पुतलीबजार प्रमुखमा उम्मेदवारी दिएकी क्षेत्री यसअघिको निर्वाचनमा पनि नगर प्रमुख थिइन् । अर्जुनचौपारीको अध्यक्षमा उम्मेदवार दिएकी गुरुङ यसअघिको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा विजयी बनेकी थिइन् । कालीगण्डकीको अध्यक्षमा उम्मेदवारी दिएकी राना कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

यसअघिको निर्वाचनमा जिल्लाको पुतलीबजार नगरपालिकामा एमालेबाट क्षेत्रीले उम्मेदवारी दिई विजयी भएको थियो भने यसपटकको निर्वाचनमा अन्य दुई पालिका प्रमुखमा महिला थपिएका छन् । पालिका उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यमा पनि महिलाको उत्साहजनक उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । ५ नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा ९७ वडा छन् ।

कूल ५०७ जनाका लागि जिल्लामा तेब्बर बढीको उम्मेदवारी परेको छ। विभिन्न राजनीतिक दलबाट जिल्लामा एक हजार ५४७ जनाको उम्मेदवारी परेको छ । यसमा पालिका प्रमुखरअध्यक्षमा ६७, उपप्रमुखरउपाध्यक्षमा ५०, वडाध्यक्षमा ३५१, खुला सदस्य ५८०, महिला सदस्य २६५ र दलित महिला सदस्य २३४ गरी कूल एक हजार ५४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : १९ बजे

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र