१७ श्रावण २०८३, आइतबार | August 3, 2026

नेपालले जारी गरेको राजनितिक नक्साका बारेमा आयो भारतको प्रतिक्रिया



काठमाडौं । भारतले नेपालले आज सार्वजानिक गरेको नयाँ राजनीतिक नक्सा अस्वीकार्य हुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेलगत्तै भारतले विरोध गरेको हो ।

नेपालले नक्सा साव्जानिक गरेकै दिन भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा भातीय भूभाग परेको दाबी गरेको छ । भारतले नेपालले जारी गरेको नक्सालाई एकपक्षीय रुपमा जारी गरेको भन्दै नेपालले गरेको काम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको छ । सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित रहेको समेत बिज्ञप्तिमा उल्लेख गरेको छ । बिज्ञप्तिमा नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतलाई नक्सा स्वीकार्य नहुने बताएको छ ।

नेपालको नक्सालाई अनुचित दाबीको संज्ञा दिंदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिज्ञप्तिमा सीमा विवादमा भारतको अडानबारे नेपाल जानकार रहेको भनेका छन् । उनले भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह समेत गरेकाछन् । प्रवक्ता श्रीवास्तवले नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास पनि व्यक्त गरेकाछन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ९ : ४९ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले