१९ बैशाख २०८३, शनिबार | May 2, 2026

पाल्पाको तिनाउमा एमालेलाई समर्थन गर्दै विप्लव समुहको उम्मेदवारी फिर्ता



बुटवल । विप्लव समुहमा नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्कबहादुर विश्वकर्मा लाईनको एमाले निकटता सार्वजनिक भएसँगै पाल्पामा विप्लव समुहले स्थानीयतह निर्वाचनमा एमालेलाई सघाउने भएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा माओवादीका उम्मेदवारहरुले नेकपा एमाले उम्मेदवारहरुलाई समर्थन गर्दै उम्मेदारी फिर्ता लिएका छन् । गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका विप्लव समुहका कार्यकर्ता भुवन जिसीसहितका स्वतन्त्र उम्मेदवारहरुले एमालेलाई समर्थन उम्मेदवारी फिर्ता लिएको एमालेका जिल्ला सदस्य तथा तिनाउका इन्चार्ज दलबहादुर गुरुङ्गले बताए ।

नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनेका प्रेम श्रेष्ठलाई समर्थन गर्दै वडा तहमा समेत उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवाहरुले उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गर्ने भएको पालिका गुरुङले बताए ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तीको उपस्थितिमा दुई पक्षबीच भएको भद्र सहमतिअनुसार एमालेले तिनाउमा जित हासिल गरेको अवस्थामा समर्थनमा आएका स्वतन्त्र उम्मेदवारहरुलाई कार्यपालिका सदस्यमा मनोनयन गर्ने बताइएको छ । उक्त सहमतिपछि छोटो प्रतिक्रिया जनाउँदै एमालेको तर्फबाट गाउँपालिका प्रमुख पदका उम्मेदवार प्रेम श्रेष्ठले तिनाउमा एमालेको जीत निश्चित भएको दाबी गरे । यसअघिको निर्वाचनमा पनि तिनाउमा एमालेले अध्यक्ष,उपाध्यक्षसहित बहुमत सदस्य जितेको थियो ।

पाल्पामा एमालेबाहेकका सबै दलहरुको गटबन्धन रहेको छ । तिनाउमा माओवादीले अध्यक्षसहित २ वडाध्यक्ष तथा कांग्रेसले उपाध्यक्षसहित ४ वडाध्यक्ष दिनेगरी गठबन्धन भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ५७ बजे

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान

दोहामा बृद्धजयन्ती मनाइयो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी