५ पुस २०८२, शनिबार | December 20, 2025

आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव २३ मंसिरदेखि



भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी २३ मंसिरबाट हुने भएको छ । संघले भैरहवामा पहिलो पटक २०६१ सालबाट सुरुवात गरेको महोत्सव सात पटक सफलता गरेसँगै आठौँ महोत्सवको तयारीमा जुटेको छ ।

विगतका सफलतालाई आत्मसाथ गर्देै अझै परिष्कृत र परिमार्जन तथा थप आकर्षक कार्यक्रमहरुसहित आगामी २३ मंसिरदेखि ४ पुससम्म आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव-२०७९ आयोजना गर्न लागेको संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले जानकारी दिए । महोत्सवको नारा पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय सम्वृद्धिको आधार’ भन्ने छ ।

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्म स्थल तथा विश्व पर्यटनको आकर्षण केन्द्र लुम्बिनीको प्रवेशद्वार सिद्घार्थनगर, रुपन्देहीका उद्योगी, व्यवसायीहरुको पेशागत हक, हित र अधिकारका लागि संघ समर्पित छ । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एंवमा प्रविधिको बृहत् प्रदर्शनीसहित आन्तरिक र समिार्ती पर्यटनमा केन्द्रित रहनेछ ।

मेलामा कृषि, उद्योग, व्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबधि, होटल, रेस्टुरेन्ट, विद्युतीय सामग्री, छाला जुत्तालगायतका ३ सयभन्दा बढी स्टल रहनेछ ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ०४ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले