१९ बैशाख २०८१, बुधबार | May 2, 2024

६४ जिल्लामा पुगे एक करोड ३२ लाख मतपत्र



काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा मतपत्र पुगेका छन् ।

निर्वाचन आयोगले देशभर मतपत्र पुर्‍याउन काम भइरहेको जनाएको छ । अहिलेसम्म ६४ जिल्लामा एक करोड ३२ लाख २१ हजार मतपत्र पठाएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

अब काठमाडौं उपत्यका र मधेश प्रदेशका जिल्ला मात्रै मतपत्र पठाउन बाँकी रहेको छ । काठमाडौंबाट एकै दिनमा मतपत्र पठाउन सकिने ठाउँमा मात्रै बाँकी रहेको अर्यालले जानकारी दिए ।

उपत्यकाका तीन जिल्ला र मधेश प्रदेशका आठ जिल्लामा काठमाडौंबाट एकै दिनमा मतपत्र पुर्‍याउन सकिने भएकाले केही दिनमा पठाइने उनको भनाइ थियो ।

यससँगै ६ वटा महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र पनि छपाइ भइरहेको आयोगले जनाएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छाप्न थालेको हो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : २८ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी