१ पुस २०८२, मंगलबार | December 16, 2025

लकडाउनका कारण पार्कका जनावरहरु भोकै, श्रोत नजुटे जनावर शहर छाडिदिने समितीको चेतावनी



बुटवल । अन्तराष्ट्रिय रुपमा चर्चित जीतगढी किल्लासंग जोडिएको मणीमुकुन्द सेन् फुलबारी पार्क लकडाउनका कारण संकटग्रस्त अवस्थामा पुगेको छ । नेपाल कै प्रमुख पार्कहरुमा पर्ने फुलबारी पार्क तथा मिनी चिडीयाखाना बिगत २ महिनादेखि लकडाउनका कारण बन्द भएपछि पार्कको अवस्था संकटग्रस्त भएको हो ।

वर्षभरी पार्कको खर्च चलाउन माघ, फागुन र चैत्रको आम्दानीको भर पर्नुपर्ने पार्कमा चैत्र महिनादेखि नै बन्द भएपछि दैनिक गतिबिधि संचालन गर्न पनि बाधा पुगेको पार्क ब्यवस्थापन समितीले जनाएको छ । हरेक महिना ७ देखि ९ लाख खर्च हुने गरेको पार्कमा नियमित आम्दानी शुन्य भएपछि पार्कमा राखिएका जनावरहरुको बिजोग हुने भएको छ । जनावरहरुलाई दिने दानापानीको जोहो गर्ने अवस्था नरहे पार्कमा भएको जनावरको ढोका खोलिदिनुको बिकल्प नरहने ब्यवस्थापन समितीका अध्यक्ष खेम प्रसाद लुंईटेल चेतावनी दिन्छन् ।

पार्कमा २ सय १४ बढी जङ्गली जनावर तथा पंछिहरु राखिएकाछन् । चितुवाको जोडी, भालु, निलगाई, स्याल, रजहांस, बादर, अजिंङ्गर लगायत अन्य सहित बिभिन्न प्रजातीका पंछीहरु पार्कमा रहेकाछन् । कम्युनिष्ट पार्टीको रजत स्तम्भ देखि मदन आश्रित स्मृर्ति उद्यान देखि रक गार्डेन सम्मको ब्यवस्थापन पार्कमा गरिएको छ । पार्कमा ऐतिहासिक मणिमुकुन्द सेन राजाको दरबारको भौतिक पुर्वाधारका लागि स्थानीय तहबाट कहिलेकाहिं बजेट बिनियोजन हुने भएपनि स्थायीरुपमा दैनिक संचालनका लागि स्थानीयतहबाट बजेट बिनियोजन नहुंदा पार्कको एउटै मात्र श्रोत दैनीक अवलोकन गर्न आउनेहरुबाट हुने आय मै सिमित रहेको छ ।

लकडाउनका कारण ज्यालादारी र स्थायी सहित ३० बढी कर्मचारीलाई तलव दिने र दैनिक जनावर र पंछिहरुको दानापानी दिने श्रोत बन्द भएको अध्यक्ष लुंईटेल बताउंछन् ।

पार्कले बार्षिक ८ लाख बढी पर्यटन प्रवर्धन शुल्क स्थानीय बुटवल उपमहानगरपालिकालाई तिर्दै आएको छ । उप महानगरकै समित्वमा रहेको मणीमुकुन्द सेन पार्कको अवस्था दयनिय भएपनि अहिले सम्म प्रदेश, स्थानीय कुनै पनि सरकारले दिर्घकालिन योजना बनाउन सकेको छैन । संस्थाको खातामा बढीमा २ महिना भन्दा बढी खर्च धान्न नसक्ने कोष बांकी रहेको र वर्षलागेसंगै पार्कको आम्दानी नहुने भएकाले मिनी चिडियाखाना सहितको पार्क संचालन गर्न सकिने अवस्था नरहेको समितीको निश्कर्ष छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  २ : ५७ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि