१ असार २०८३, सोमबार | June 15, 2026

दलका आमसभाले हुप्रचौर दुर्गन्धित, खेलाडीको प्रशिक्षणनै रोकियो



हेटौंडा । केही दिनयता हेटौंडाको हुप्रचौरमा राजनीतिक दलहरूले आयोजना गरेको आमसभाले विभिन्न खेलका खेलाडीको प्रशिक्षण प्रभावित बनिरहेको छ । हरेक दिन जसो हुप्रचौरमा रानीतिक गतिविधि हुँदा उनीहरू प्रशिक्षणबाटै बन्चित भएका हुन् ।

नेकपा एमालेले आइतबार गरेको आमसभाका क्रममा हुप्रचौरमा भएको फोहोर अझैसम्म पनि सफा गरिएको छैन । फोहोरकै कारणा खेलाडीहरू खेल मैदानमा नगएको बताउँछन् । यहाँको फोहोरले हुप्रचौर आसपासमा समेत दुर्गन्धत फैलिएको छ ।

आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिति थियो । यसअघि नगर विकास समितिले हुप्रचौरमा मेला, महोत्सव तथा राजनीतिक दलका कार्यक्रममा प्रतिबन्द लगाएको थियो ।

केही साताअघि राप्रपा मकवानपुरको आयोजनामा राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा पनि हुप्रचौरमा सभा भएको थियो । यद्यपि, राप्रपाले भने कार्यक्रम भएको भोलपिल्टै हुप्रचौर सफा गरेको थियो ।

एमालेले भने कार्यक्रमपश्चात फोहोर सफाई र टेण्टका लागि बनाएको खाल्डो समेत पुरेको छैन । हुप्रचौरमा नगर विकास समितिले सार्वजनिक कार्यक्रम, मेला महोत्सव र आमसभा आयोजना गर्न रोक लगाएको थियो ।

एमालेले हुप्र चौरमा गरेको फोहोर र खाल्डोको बारेमा सामाजिक संजालमा आलोचना भइरहेको छ । हुप्रचौरमा भएको फोहोर एवं खाल्डाखुल्डीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै कसले सरसफाई गर्ने भन्दै प्रश्न गरेका थिए । उक्त तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

स्थानीयले पनि हुप्रचौरमा खाल्डो तथा फोहोर गरेको भन्दै विरोध गरेका छन् । ‘यो हुप्रचौर हामी सबैको सम्पति हो । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ एक स्थानीयले भने, ‘केही वर्ष यस्ता कार्यक्रम भएका थिएनन् । फेरि राजनीतिक दलले हुप्रचौरलाई दुरुपयोग गर्न थालेका छन् ।’

एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले आजै खाल्डो पुर्ने र सरसफाइ गर्ने कार्यक्रम रहेको बताए । कार्यक्रम सकिएपछि पनि सरसफाई गरेको र कतै खाल्डो र फोहोर बाँकी रहेकोमा त्यसलाई पनि सफा गरिने उनले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ४३ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

गर्मीबढेसँगै सर्पदंशका बिरामी बढे

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा

राष्ट्रियसभा : चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव

काठमाडौं । राष्ट्रियसभामा सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ