३२ असार २०८३, बिहिबार | July 16, 2026

सप्तरीमा लकडाउन पालना गराउन प्रहरीलाई हम्मे हम्मे



सप्तरी । सप्तरीमा लकडाउन पालना गराउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।

सप्तरीमा सुरक्षाकर्मीले कडाई गरेपनि विगत केही दिनयता लकडाउनको ब्यापक उल्लघंन भैरहेको छ ।

तराई मधेशको महत्वपूर्ण पर्व बट सावित्रि शुक्रबार परेकाले ठूलो संख्यामा सर्वसाधारण किनमेलका लागि निस्किन थालेपछि लकडाउनको उल्लंघन बढेको हो । बजार निस्किने मध्ये धेरैले मास्क समेत नलगाईकन हुल बाँधेर हिँड्न थालेपछि कोरोना संक्रमणको जोखिम समेत बढेको छ ।

बजारमा किनमेलका लागि निस्कने मध्ये अधिकांश महिला नै रहेका छन् । जसकारण लकडाउन पालना गराउन सडकमा खटिएका सुरक्षाकर्मीलाई बल प्रयोग गर्न समेत समस्या परेको छ ।

पतिको दिर्घायुको कामनाका लागि गरिने बट सावित्री ब्रत तथा पूजामा महिलाहरुकै सहभागिता रहने गरेको छ । प्रशासनले किनमेलका लागि निश्चित समय नतोकिदिएका कारणले पनि जुनसुकै बेला मानिस बाहिर निस्कने गरेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमरनाथ मण्डलको भनाई छ ।

किनमेलका लागि आएकाहरुलाई प्रहरीले लखेट्ने र प्रहरीको आँखा छलेर फेरी पसल धाउने क्रम बिहीबार दिनभरीजसो चलेको छ । प्रहरी देख्नासाथ पसलको सटर झार्ने र गएपछि पुनः सटर उठाएर पसललेले कारोबार गर्न थालेपछि सर्वसाधारण र पसलेलाई सम्झाउँदा सम्झाउदा हैरान बनेको डियुटीमा खटिएका एक सुरक्षाकर्मीले बताए ।

यसरी बजारमा भिडभाड बढ्न थालेपछि कोरोनाको जोखिम बढ्ने भन्दै स्थानिय बुद्धिजीविले पसल खोल्ने निश्चित समय तोक्न र सामाजिक दुरी कायम गराउने सवालमा स्थानीय प्रशासनले आवश्यक पहल गर्नपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ३ : ३९ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक