१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

एमाले उपाध्यक्ष पौडेल आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा जुटे



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेल आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा जुटेका छन् । उनी मंगलबार बुटवल-११ का विभिन्न टोलहरूमा पुगेर एमालेका सबै उम्मेदवारहरूलाई जिताउन मतदातासँग मत माग्दै घरदैलोमा सहभागी भएका हुन ।

सो अवसरमा बोल्दै नेता पौडेलले एमालेप्रति जनताको असाधारण उत्साह आएकोले एमालेको जित सुनिश्चित रहेको बताए । विकास र जनताका सरोकारका मुद्दा एमालेसँग मात्र रहेको जनताले बुझेको बताउँदै एमालेका उम्मेदवारहरूलाई जिताउन जनता अतुर रहेको दावी गरे । बुटवलको सबै सुकुम्बासी समस्या स्थायी रूपमा समाधान आफूहरूले गर्ने नेता पौडेलको भनाइ छ ।

‘एमाले नेतृत्वको सरकारले अव्यवस्थित र सुकुम्बासीलाई जग्गाधनी पूजा वितरणको लागि सबै प्रक्रिया पूरा गरे पनि सरकार ढलेपछि त्यो काम रोकिन पुग्यो’ नेता पौडेलले भने, ‘अहिलेको गठबन्धन सरकारले भूमि आयोग नैं खारेज गरेर अन्तिम समय रोकिन पुगेको हो । अहिलेको सरकारले सुकुमबासीका समस्याप्रति कुनै तत्परता देखाएको छैन । एमाले नेतृत्वको सरकार बनेपछि पूर्जाबिहीन नगरबासीले जग्गा धनी बनाउछौं ।’

पौडेलले तिनाउ दानव करिडोर निर्माण क्षेत्रका बसोबासीहरूको पनि उचित प्रवन्ध गर्ने पनि बताए । ‘सडक निर्माणको कार्य र सडक निर्माणका क्रममा प्रभावित स्थानीयहरूलाई सुरक्षित र उचित स्थानमा बसोबासको प्रवन्ध मिलाउछौ’ नेता पौडेलले भने । नगरका प्रायजसो विकासका काम भइरहेको बताउँदै नेता पौडेलले जनताको विकासका चाहना आफूले पूर्ण रूपमा बुझेको बताए । ‘विकासको चाहना हामीले बुझेका छौं । कार्यान्वनको जिम्मा हामी लिन्छौं । विकास सिक्न बुटवल आउने हामी बनाउँछौं’ पौडेलले भने ।

उनले बुटवलबाट मेयरका प्रत्यासी बाबुराम भट्टराई र डेपुटी मेयरका प्रत्यासी सावित्रादेवी अर्याल, एमालेसँग तालमेल गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवाहरू सहित सबै वडाहरूमा एमालेको जित सुनिश्चित रहेको दावी गरे । घरदैलोमा नगरबासीको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : २० बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका