२९ मंसिर २०८२, सोमबार | December 15, 2025

झापा र रुपन्देहीमा ९ जना थपिए, कोरोना संक्रमितको संख्या ४५३ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ ।

झापामा ८ र रुपन्देहीमा १ जना गरी ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

झापाको कचनाकवलको लक्ष्मीस्कुलमा रहेको क्वारेन्टाइनमा रहेका ८ जना र लुम्बिनीस्थित श्रीलंकन गेष्ट हाउसमा रहेका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. दिपक अधिकारीले बताउनुभयो ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ । यसमध्ये ३८३ पुरुष र ७० महिला रहेको डा. देवकोटाले जानकारी दिनुभयो ।

अहिलेसम्म प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १३६ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा १९७ जना, कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

यस्तै, टेकु अस्पतालबाट चार जना डिस्चार्ज भएका छन् । पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएको डा. देवकोटाले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा दुई पुरुष र दुई जना महिला रहेका छन् ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ४ : ३० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती