१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भरतपुरमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता



काठमाडौं । गठबन्धन दलका नेताहरूले बिहीबार चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् । सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा बुधबारै चितवन पुगेका छन् ।

गठबन्धनका अन्य दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले सभालाई सम्बोधन गर्ने भरतपुर उपमहानगरपाकिलाको उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीले जानकारी दिए ।

चुनावी सभा भने मध्यान्ह १२ बजे हाकिम चोक नजिकै रहेको केन्द्रीय बस टर्मिनल क्षेत्रमा हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको चुनावी सभा भए पनि गठबन्धनको संयुक्त चुनावी सभाको रूपमा परिणत गरिएको हो ।

गठबन्धनको तर्फबाट पूर्वमहानगर प्रमुखसमेत रहेकी रेणु दाहाल प्रमुख पदकी उम्मेदवार छिन् । उनी माओावादी अध्यक्ष प्रचण्डकी छोरीसमेत हुन् ।

उनीविरुद्ध गठबन्धन दल कांग्रेसबाट पूर्वराष्ट्रिय सभा सदस्य जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन् । पौडेल बागी उम्मेदवार बन्दा दाहाललाई निर्वाचन जित्न चुनौती थपिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ११ : १० बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको