२९ भदौ २०८३, सोमबार | September 14, 2026

भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो छैन : प्रचण्ड



चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उक्त कुरा बताएका हुन् ।

कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता गराउन अब धेरै बल नगर्ने उनले संकेत गरे । ‘मलाई निर्वाचन जित्न कुनै अप्ठ्यारो हुन्छ झैँ लागेको छैन । धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ’, उनले भने ।

गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको भन्दै उनले उमेदवारी दिने स्वतन्त्रता कोहि पनि नेपालीलाई रहेको बताए । स्वतन्त्र उमेदवारको विषयमा धेरै चर्चा गर्नुभन्दा गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढ्नु उचित हुने उनले बताए ।

भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाल मेयरको लागि चुनावी मैदानमा छिन् । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उमेदवार बनेका छन् ।

चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १२ : २८ बजे

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी