२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

दार्चुलाको घांटीबगरमा नेपाली सेनाको फौज तैनाथ



काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुराको बिषयमा नेपालले आफ्नो अडान कायम राखिरहंदा नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज पठाएको छ ।

सरकारको निर्णय अनुसार महाकाली करिडोर [दार्चुला तिङ्कर सडक योजना] अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गर्न दार्चुलामा सेना तैनाथ गरेको हो ।

मन्त्रिपरिषदले गत वैशाख १४ गते सो सडक खण्डअन्तर्गत व्यास गाउँपालिका वडा नं २ स्थित घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि सेनालाई जिम्मा दिने निर्णय गरेको थियो । आज देखि नै त्यहाँ सुरक्षा फौज तैनाथ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बाटो निर्माण कार्यका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली आज भांटीबगर पुगेको छ । चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गाउँपालिका– १ मा पर्ने छाङरु र तिङ्कर गाउँका करिब १८२ घरपरिवारको करिब १ हजार २०० जना स्थानीयलाई सदरमुकाम खलङ्गा आवतजावतमा बाटो नभएका कारण अप्ठ्यारो हुँदै आएको थियो ।

स्थानीय मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या उत्पन्न भएको थियो । नेपालतर्फको बाटो अवरुद्ध भएका कारण स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए ।

घाँटीबगर र मौरी भिर इलाकामा पर्ने ४५० मिटर सडकखण्ड अविलम्ब सञ्चालन गर्न जिल्ला सुरक्षा समितिबाट निर्णय भएको थियो । सडकखण्ड सञ्चालन भएपश्चात् स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १० : ०१ बजे

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत