३ पुस २०८२, बिहिबार | December 18, 2025

सेयर बजारको ओरालो रोकिएन, बिहीबार ३७ अंकको गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजार नेप्से ३७ अंकले घटेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहीबार घटेर २२ सय ३८ दशमलव ६२ अंमा पुगेर बन्द भएको हो ।

नेप्से परिसूचक बुधबार ३१ दशमवल ७६ अंकले गिरावट आएको थियो । नेप्से २२ सय ७५ अंकबाट खुलेको सेयर बजार अन्तिम समयमा घटेर २२ सय ३८ मा पुगेर बन्द भएको छ ।

बजारमा सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३४ अंकले घटेर ४ सय ३२ अंकमा पुगेको छ। यो साता तीन दिन मात्र खुलेको सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । सोमबार २३ सय ५८ बाट खुलेको नेप्से बजार साताको अन्तिम दिन बिहीबार २२ सय ३८ अंकमा झर्दा नेप्से एक सय २० अंकले गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार र तेस्रो दिन मंगलबार सार्वजनिक बिदाले बन्द रहेको थियो । नेप्सेमा बिहीबार ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बिहीबार दुई सय ३२ कम्पनीको सेयर खरिदबिक्री हुँदा दुई सय १४ कम्पनीका सेयरधनीले गुमाएका छन् भने आठ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ३८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका