२० मंसिर २०८२, शनिबार | December 6, 2025

स्वतन्त्र र स्वच्छ निर्वाचनका लागी सचेतनामुलक रयाली



बुटवल । स्थानिय निर्वाचन २०७९ लाई स्वच्छ र शान्तिपुर्ण बनाउन मानव अधिकारवादी पाँच संघसंस्थाहरुले बुटवलमा दबाबमुलक रयालि निकालेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही, मानव अधिकार तथा शान्ति समाज रुपन्देही, चादनी नेपाल रुपन्देही, सामाजिक परिवर्तन केन्द्र र सेतो गुरास रुपन्देहीको संयुक्त आयोजनामा विहिबार बुटवलमा सचेतनामुलक रयाली निकालेको हो ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलबाट शुरु भएको रयाली अमरपथ हुदै बीपीचोकमा पुगेर कोणसभामा बदलिएको थियो ।

कोणसभामा बोल्दै केन्द्रिय अध्यक्ष गोबिन्द खनालले सबै नागरिक स्वतन्त्र र स्वच्छ निर्वाचनमा भाग लिन पाउनुपर्ने बताए । निर्वाचन नजिकिदै जादा निर्वाचन आचारसंहिता बिपरितका गतिविधि भैरहेको भन्दै उनले यसलाई राजनीतिक दलका नेताहरुले रोक्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिए । आचारसंहिताको पालना भएमात्र लोकतन्त्रको पालना भएको मानिने उनको दाबी छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाखेरेल, एम्स कलेजका प्राचार्य दिपक ढकालले छोटोसमयका कारण सबै मतदातालाई सुसुचित गर्न कठिनाई भएको बताए ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : ५५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय