२८ पुस २०८२, सोमबार | January 12, 2026

भरतपुरमा आचारसंहिता विपरित भूमिको निस्सा वितरणको आरोप



चितवन । निर्वाचन आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको आरोप लागेको छ ।

नेकपा माओवादी केन्द्रनिकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बद्री तिमिल्सिनाले शुक्रबार सुकुम्बासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँडेका हुन् ।

निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरूले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेको विपक्षी दलले आरोप लगाएका छन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताए । उजुरी आए कारबाही गर्न सकिने उनले जानकारी दिए ।

‘निर्वाचनको बेलामा भूमिहीन सुकुमबासीलाई भूमिको निस्सा बाँड्न पाइँदैन’, उनले भने, ‘हाम्रो कार्यालयमा उजुरी आयो भने हामीले सम्बन्धितलाई स्पष्टीकरण सोध्छौँ । आवश्यक परे थप कारबाही पनि हुनसक्छ ।’

भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीनलाई निस्सा बाँडेको स्वीकार गरे । लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उनले दाबी गरे । ‘मैले बाँड्न सुरुवात गरेर हिँडेको हो । कति जनालाई बाँडे थाहा भएन’, उनले भने, ‘मैले लालपुर्जा बाँड्न पाउँदिन । निस्सा बाँड्ने काम, जग्गा नाप्ने काम भइराख्ने रहेछ ।’

शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै उनले भूमिहीन सुकुम्बासीले मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीलाई विजयी गराउन प्रतिबद्धता जनाएको बताएका छन् । मतदातालाई प्रभावित पार्न निस्सा बाँडिएको कार्यक्रममा साझा उम्मेदवारलाई जिताउने प्रतिबद्धता आएको उनले दाबी गरेका छन् ।

मतदाता प्रभावित पार्न भूमिको निस्सा बाँड्ने व्यक्तिहरू विरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी हाल्ने तयारी गरेकी छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी हाल्न लागेको जानकारी दिइन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : ३१ बजे

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

पोखरा । थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको

सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि कालिका मानवज्ञान माविलाई

बुटवल । बुटवलमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को

५१ प्रतिशत उपस्थितीले नयाँ नेतृत्व चयन गर्न सक्ने विशेष महाधिवेशन पक्षधरको दाबी

काठमाडौं । बहालवाला पार्टी सभापति हटाउन महाधिवेशन प्रतिनिधिको दुई तिहाई

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न