२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ६ सय १६ पुग्यो



काठमाडौ । कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ३ लाख ३४ हजार ६ सय १६ जनाको संक्रमणपछि मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या ५१ लाख ९४ हजार ९९ जना पुगेको छ । वल्र्डमिटरका अनुसार अमेरिकामा सर्वाधिक १६ लाख २० हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, रुसमा ३ लाख १७ हजार ५ सय ५४, ब्राजिलमा ३ लाख १० हजार ९ सय २१, बेलायतमा २ लाख ५२ हजार २ सय ४६, स्पेनमा २ लाख ३३ हजार ३७, इटालीमा २ लाख २८ हजार ६, फ्रान्समा १ लाख ८१ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारतमा १ लाख १८ हजार २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा छ ।

मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ ९६ हजार ३ सय ५४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, बेलायतमा ३६ हजार १ सय २४, इटालीमा ३२ हजार ४ सय ८६, फ्रान्समा २८ हजार २ सय १८, स्पेनमा २७ हजार ९ सय ४०, ब्राजिलमा २० हजार ४७ जनाको मृत्यु भएको छ ।

भारतमा मृत्यु हुनेको संख्या ३ हजार ५ सय ८४ पुगेको छ । विश्वभर २० लाख ७८ हजार ५५७ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा पनि सर्वाधिक छ । त्यहाँ ३ लाख ८२ हजार ४ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, जर्मनीमा १ लाख ५८ हजार ८७, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३४ हजार ५ सय ६०, ब्राजिलमा १ लाख २५ हजार ९ सय ६०, टर्कीमा १ लाख १४ हजार ९ सय ९० जना संक्रमणमुक्त भएका छन् ।

भारतमा ४८ हजार ५ सय ५३ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ४९ जना संक्रमणमुक्त भइसकेका छ्न् ।

नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ पुगेको छ । बिहीबार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ पुगेको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ७ : ५४ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा