२० मंसिर २०८२, शनिबार | December 6, 2025

क्यान्सरको उपचार गरेर दिल्लीबाट फर्किँदै गर्दा चितवनका दम्पती वृद्धवद्धालाई कोरोना संक्रमणले समात्यो



चितवन । शुक्रबार बिहानै स्वास्थ्यमन्त्रालयले कोरोना भाइरसका ३० जना नयाँ संक्रमितको तथ्याङ्क अद्यावधिक गर्यो । ३० जना मध्ये चितवनको भरतपुर महानगरापालिका ६ केरसबाघका दुई जना बृद्ध दम्पती पनि रहेको जानकारी गरायो ।

यी दुवै जनाको ट्राभल हिस्ट्री भने हालैका दिनमा भारसतसँग जोडिएको देखिएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका ती दुई जना गत जेठ ३ गते मात्रै भारतको नयाँदिल्लीबाट चितवन फर्केको खुलेको छ ।

दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा ७४ वर्षीय वृद्ध पुरुषको क्यान्सर उपचार गरेर घर फर्किएका थिए दुवै जना । तर फर्किँदै गर्दा उनीहरुसित कोरोना भाइरसको संक्रमण पनि सँगै आएको बुझिएको छ ।

उपचारपछि भारतीय एम्बुलेन्समा कृष्णनगर नाकासम्म आएका उनीहरु त्यसपछि नेपाली एम्बुलेन्समा घर आइपुगेका थिए ।

घरमा आएदेखि नै उनीहरु होम क्वारेन्टाइनमा बसेको भरतपुर–६ का वडाध्यक्ष हरिविलास कोइरालाले बताउनुभयो । भारतबाट आएकाले स्वाब परीक्षण गर्न पठाएको पोजेटिभ देखिएको भन्दै कोइरालाले उनीहरुले कसैलाई पनि भेटेको नपाइएको बताउनुभयो ।

आमाबाबुसँगै आएका छोराको स्वाब परीक्षण नतिजा भने नेगेटिभ आएको छ।

दुवै जना संक्रमितलाई शुक्रबार नै भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ११ : ४४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय