७ पुस २०८२, सोमबार | December 23, 2025

ओलीका सुन्दै रोमान्चकारी कुराले जनताको पेट भरिन्न : रामकुमारी झाँक्री



बुटवल । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं संघीय सरकारका मन्त्री रामकुमारी झाँक्रीले पटक पटक संसद विघटन गर्दा पनि चुँ बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताएकी छिन् । गठबन्धनको बुटवलको चुनावी सभालाई समबाधेन गर्दै एकीकृत समाजवादी नेता झाँक्रीले व्यक्तिको स्थायीत्वकालागि राजनीतिक स्थायीत्व नहचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताईन् ।

एमाले कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी ओलीको भजन मण्डलीको संज्ञा दिँदै भजनमण्डलीहरुले संसद विघटनको विरोध गर्न नसकेर व्यक्तिको स्थायीत्व कायम गर्न ओलीलाई सघाएको आरोप लगाइन् । उनले ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्याउने काम मात्र गर्दै गरेको बताईन् । ‘स्याटलाईटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भर्याङ लगाउने कुरा, पानीजहाज र चुच्चे रेल ल्याउने जस्ता सुन्दै रोमान्चकारी कुराले जनताको पेट भरिन्न,’ उनले भनिन्, ‘बास्तविक धरातलमा उभिएर देश सहाउँदो सिमित साधनबाट असिमित चाहनालाई पुरा गर्ने गरि योजना बनाउनु आवश्यक छ ।’

गठबन्धनको सरकार राजनीतिक स्थायीत्व र प्रणालीको स्थायीत्वको पक्षमा रहेको पनि मन्त्री झाँक्रीले बताईन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ५२ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत