२० श्रावण २०८३, बुधबार | August 5, 2026

स्थानीयतह निर्वाचन २०७९ : बाँकेमा सीमानाका ७२ घण्टा पहिले नाका सील, पाल्पा मदिरा निषेधित जिल्ला घोषणा



बुटवल । निर्वाचनको तयारी स्वरुप बिभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले सुरक्षाको आंकलन गर्दै विभिन्न निर्णयहरु गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल भारत सीमा नाकाहरु निर्वाचन हुने दिनको ७२ घण्टा पहिल्यै बन्द हुने भएका छन् भने प्रदेशका केहि जिल्लाहरुमा मौन अवधि सुरुहुनु पूर्व जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गरेको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नेपाल भारत सीमाको जमुनाहा लगायतका बाँके जिल्लाका सबै नाकाहरु ७५ घण्टा पहिल्यै सील हुने जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद खत्रीले जारी गरेको सूचनामा आसन्न स्थानिय तह निर्वाचन २०७९ लाई स्वाच्छ, निश्पक्ष, भएरहित र शान्ति पुर्ण रुपमा सम्पन्न गर्नका लागि मित्र राष्ट्र भारतसंग जोडिएको नेपाल भारत सिमानाका बन्द हुने जनाइएको छ ।

बाँकेका प्रमुुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले यही बैशाख २७ गते मंगलबार राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म सिमानाका बन्द हुने जानकारी दिए ।

यता जिल्ला सुरक्षा समितिको बैठकले २७ गते रातीबाट मतगणना नसकिएसम्म जिल्लामा मादक पदार्थको उत्पादन, बिक्रिबितरण तथा सेवनलाई निषेध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । निर्वाचनको दिन नजिकिदै जाँदा प्रदेशका अन्य जिल्लाहरुले पनि सुरक्षाका रणनितीहरु बनाउँदै गएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ३४ बजे

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा