२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सरकारका प्रवक्ता भन्छन्, – सीमा विवाद अहिले नै अन्तराष्ट्रियकरण गर्ने सोच छैन



काठमाडौं । सरकारले नेपाल भारत सीमा विवाद आपसी सहमतिबाटै सुल्झाउनुपर्ने बताएको छ ।

भारतले सीमा समस्याबारे वार्तामा चासो नदेखाए अन्तर्राष्ट्रियकरण गर्नुपर्ने कतिपय मत आइरहेका बेला सरकारले दुई पक्षीय कुटनीतिक वार्ताबाटै सीमा समस्याको समाधान हुने बताएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सीमा समस्या समाधान गर्न अहिले आपसी समझदारीबाटै अघि बढ्ने बताउनुभएको हो । अन्तराष्ट्रिय मञ्चमा जानुपर्ने विषयमा सरकारले कुनै सोच नबनाएको डा. खतिवडाले स्पष्ट पार्नुभयो ।

‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौ । अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो। कूटनीतिक तबरबाट समाधान नआएको खण्डमा के गर्ने भन्ने कुरा हुन्छ’, मन्त्री खतिवडाले भन्नुभयो ।

पछिल्लो समय नेपालको पश्चिम सीमा कालापानी लिपुलेक लिम्पियाधुरालाई समेटेर भारतले नयाँ नक्शा जारी गरेपछि गत कात्र्तिकदेखि नेपाल र भारतबीच विवाद बढ्दै गएको छ । विवादकै बीचमा भारतले अतिक्रमित भूमिहुँदै लिपुलेक पुग्ने सडक उद्घाटन गरेपछि त विवाद झन बढेको छ ।

नेपालले हालै भारतबाट अतिक्रमित उक्त क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ३ : २५ बजे

फ्राइडे रिलिज आजबाट ‘मनसरा’ प्रदर्शन

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान