२ असार २०८३, मंगलबार | June 16, 2026

सरकारका प्रवक्ता भन्छन्, – सीमा विवाद अहिले नै अन्तराष्ट्रियकरण गर्ने सोच छैन



काठमाडौं । सरकारले नेपाल भारत सीमा विवाद आपसी सहमतिबाटै सुल्झाउनुपर्ने बताएको छ ।

भारतले सीमा समस्याबारे वार्तामा चासो नदेखाए अन्तर्राष्ट्रियकरण गर्नुपर्ने कतिपय मत आइरहेका बेला सरकारले दुई पक्षीय कुटनीतिक वार्ताबाटै सीमा समस्याको समाधान हुने बताएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सीमा समस्या समाधान गर्न अहिले आपसी समझदारीबाटै अघि बढ्ने बताउनुभएको हो । अन्तराष्ट्रिय मञ्चमा जानुपर्ने विषयमा सरकारले कुनै सोच नबनाएको डा. खतिवडाले स्पष्ट पार्नुभयो ।

‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौ । अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो। कूटनीतिक तबरबाट समाधान नआएको खण्डमा के गर्ने भन्ने कुरा हुन्छ’, मन्त्री खतिवडाले भन्नुभयो ।

पछिल्लो समय नेपालको पश्चिम सीमा कालापानी लिपुलेक लिम्पियाधुरालाई समेटेर भारतले नयाँ नक्शा जारी गरेपछि गत कात्र्तिकदेखि नेपाल र भारतबीच विवाद बढ्दै गएको छ । विवादकै बीचमा भारतले अतिक्रमित भूमिहुँदै लिपुलेक पुग्ने सडक उद्घाटन गरेपछि त विवाद झन बढेको छ ।

नेपालले हालै भारतबाट अतिक्रमित उक्त क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ३ : २५ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत