२८ असार २०८३, आइतबार | July 12, 2026

देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने



धनगढी । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् ।

देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड पनि राति अबेर पुगेका हुन् । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । उनले याे घर ०७४ काे चुनावमा किनेका थिए ।

धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । याे सभालाई देउवा, प्रचण्डसहितले सम्बोधन गर्ने छन् ।

देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने छन् । प्रचण्डले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बाेधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

गठबन्धनले आइतबार मात्र दाङमा सभा गरेकाे थियाे ।

धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गाेपाल हमालसहित चुनावी मैदानमा छन् ।

धनगढी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाकाे चुनावी क्षेत्र पनि हाे । ०७४ काे प्रतिनिधिसभा चुनावमा आरजु एमाले नेता नारदमुनी रानासँग पराजित भएकी थिइन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ३६ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै