२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी, ५ खर्ब १२ अर्ब घाटामा



काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आएको जनाएको छ ।

‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ,’ राष्ट्र बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ ।

२०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

 

चालु खाता ५ खर्ब १२ अर्ब घाटामा
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता यस वर्ष ४ अर्ब २८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चैतसम्म पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई ७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३।७ प्रतिशतले वृद्धि भई १६ अर्ब ५१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ३५ करोड रहेको थियो ।

चैतसम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चैतसम्ममा २ अर्ब २५ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : ४० बजे

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया