२३ बैशाख २०८१, आइतबार | May 6, 2024

नेपाल पत्रकार महासंघका अध्यक्षलाई आयोगको ध्यानाकर्षण



काठमाडौँ । निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराएको छ । विभिन्न अनलाइन सञ्चार माध्यममा प्रकाशित ‘पत्रकार महासंघका अध्यक्ष भन्छन्–निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हामीले मान्न जरुरी छैन’ शीर्षकको समाचार प्रकाशन भएपछि आयोगले उहाँलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

‘निर्वाचन सफल बनाउने प्रमुख पक्ष आचारसंहिताको सही कार्यान्वयन भएकाले मिडियाकर्मी र सञ्चारमाध्यमले त्यसको महत्वबारेमा सबै पक्षलाई सचेत गराउनुपर्ने तथा त्यसबारे नागरिकलाई सुसूचित गराउने जिम्मेवारी सञ्चारमाध्यम पत्रकारको हुन्छ’ आयोगको अदेशमा भनिएको छ, ‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को उपदफा (४) मा निर्वाचन आचारसंहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुने व्यवस्था गरेको छ ।’

नेपाल पत्रकार महासंघका अध्यक्षजस्तो जिम्मेवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागूगरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौती दिनेगरी बोलिएको अभिव्यक्ति आमसञ्चार माध्यममा आउनु कसैको लागि पनि हितकर विषय नभएको आयोगले प्रष्ट पारेको छ । यस्ता किसिमका अभिव्यक्तिले स्वयम् व्यक्तिको अभिव्यक्तिलाई शंकाको घेरामा पु¥याउने आयोगको बुझाई छ । ‘आफ्नै संस्थाको तर्फबाट भएको लिखित प्रतिबद्धतालाई जानाजान उल्लङ्घन गरी आचारसंहिताको बन्धनमा नरहनुलाई निष्ठापूर्वक प्रतिबद्धताको अनुसरण गरेको हो भनी मुल्याङ्कन गर्न मिल्ने देखिँदैन’ आयोगले आदेशमा भनेको छ, ‘निजबाट प्राप्त जवाफलाई चित्तबुझ्दो तथा जिम्मेवार जवाफ मान्न सक्ने देखिएन । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ उल्लङ्घन गरेको देखिन आएकोले सो विषयमा थप विवेचना समेत गरी रहन पर्ने देखिएन ।’

महासंघका अध्यक्ष पोखरेलले गरेको कार्य निर्वाचन आचारसंहिता, २०७८ तथा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी भएको आचारसंहिता विपरीत भए गरेको देखिएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरू नगर्न नगराउन ध्यानाकर्षण गराउने आयोगले आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ८ : ४९ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa