२८ असार २०८३, आइतबार | July 12, 2026

प्रचण्डले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने, मेयरका उमेदवार कसले कहाँबाट गर्दैछन् मतदान ?



चितवन । स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ, सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।

प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका हुन् । मौन अवधिमा मतदाता प्रभावित पार्न उनी सक्रिय देखिन्छन् । बुधबार छोरी रेणु दाहालको निवासमा प्रचण्ड बसेका बेला प्रचण्ड निवासमा सरकारी र निजी गाडीको लावालस्कर लागेको थियो ।

प्रचण्ड आज माडी जाँदै छन् । उनले आफ्नी छोरी भरतपुर महानगरपालिकाको मेयरको उमेदवार रेणु दाहाललाई भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गर्दै छन् ।

पाँच दलीय गठबन्धनबाट मेयरमा रेणु दाहालको उमेदवारी छ । मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीले जानकारी दिए ।

‘दुबै जनाले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्दै हुनुहुन्छ । कतिबेला गर्ने भनेर समय भने तय भइसकेको छैन’, उनले भने ।

नेकपा (एमाले)का मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ सात हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ ।

कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।

विवेकशिल साझाका मेयरका उमेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभुत विद्यालयबाट मतदान गर्दै छन् । भोलि बिहान ८ बजेभित्र मतदान गरिसक्ने योजना रहेको उनले जानकारी दिए । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : २१ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै