११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

चितवनका कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरियो, केशरवाग सिल



चितवन । चितवनको भरतपुर-६ केशरबागमा मा शुक्रबार बिहान भेटिएका दुई जना वृद्धवृद्धाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएसंगै कन्ट्याक्ट ट्रेसिङ’ सँगै केशरबागलाई पनि सिल गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । वडालाई सील गरेर आवातजावत पूर्णरुपमा बन्द गरिएको छ ।

संक्रमितहरु घर आएदेखि नै घरकै माथिल्लो तलमा क्वारेन्टिन निर्माण गरेर बसेको वडा नं. ६ का वडाअध्यक्ष हरिविलास कोइरालाले बताउनुभयो । उनीहरूल घरका सदस्यसंग र वरिपरि कसैसंग पनि भेट नगरेको जानकारी दिनुभयो ।

भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा वृद्ध पुरूषको उपचार गरी उनीहरू जेठ ३ गते एम्बुलेन्सबाट घर आएका थिए । क्यान्सरको उपचारका लागि बुबा, आमा र छोरा भारत गएका थिए ।

घर फर्किएपछि उनीहरूको स्वाव परीक्षण गरिएको थियो । तीन जनाकै परीक्षण गर्दा श्रीमान र श्रीमतीमा मात्रै संक्रमण देखिएको हो । छोरामा भने संक्रमण नदेखिएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएसंगै उनीहरुलाई आज विहानै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा राखिएको छ । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ८ : ४६ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि