२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बुटवल बम विस्फोटमा संलग्न छैनौं – नेकपा बहुमत, संयोजक बाँस्तोलालाई रिहा गर्न माग



बुटवल । मंगलबार राती बुटवलमा भएको बम विस्फोटको घटनालाई जोडेर नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोलालाई गरिएको पक्राउ प्रति सो पार्टीले असहमति प्रकट गरेको छ । पार्टीको केन्द्रीय कार्यालयको नाममा सुदर्शनले एक विज्ञप्ति प्रकाशित गर्दै विस्फोटमा पार्टीको कुनै संलग्नता र विस्फोट गराउने पार्टीको निती नरहेको बताएका छन् ।

विज्ञप्तिमा पोखराको बैठक प्रशिक्षण सकेर आफ्नो घर बाँकेको कोहलपुर जाँदै गर्दा बुटवलमा वम विस्फोट हुनु र विहानै ४ बजे अध्यक्ष कञ्चनलाई पक्राउ गर्नुमा षडयन्त्र रहेको उल्लेख गरिएको छ । ‘हाम्रो पार्टीले कुनैपनि विस्फोटकजन्य र सशस्त्र वहिस्कार गर्ने निती नलिएको कुरा सार्वजनिकरुपमा स्पष्ट गर्न चाहन्छौं ।’ विज्ञप्तिमा लेखिएको छ ।

मंगरबार राती ८ः३० बजे बुटवलको मिलन चोकमा कुकर बम विस्फोट हुँदा विस्फोट भएको स्थान नजिकैका पसलहरुमा सामान्य क्षेती भएको थियो । घटनास्थलमा नेकपा माओवादी नामको पर्चा समेत भेटिएको थियो ।

विज्ञप्तिमा विस्फोटको जिम्मा नेपाल नेतृत्वको नेकपा माओवादीले लिएको उल्लेख गर्दै सो घटनामा पार्टीको संलग्नता नरहेको स्पष्ट पारिएको छ । विस्फोटमा केशव अधिकारी कमरेड नेपाल नेतृत्वको नेकपाले गराएको हुन सक्ने अनुमान गरिएको छ ।

नेकपा बहुमतका अध्यक्ष बास्तोला (कञ्चन)लाई नेपालगन्ज जाँदै गर्दा दाङको भालुवाङबाट आज बिहान ४ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो । विज्ञप्तिमा अविलम्ब पक्राउ परेका बास्तोला सहितका नेताहरुलाई रिहा गर्न सरकारसँग माग गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : २९ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,