३० बैशाख २०८३, बुधबार | May 13, 2026

काठमाडौंका सडक सुनसान, पासविनाका सवारी दिनभर ‘होल्ड’



काठमाडौं । मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लागेको छ । जसले गर्दा निकै व्यस्त काठमाडौंका सडक यतिबेला भने सुनसान देखिएका छन् । सधै व्यस्त हुने काठमाडौंका सडक आज भने सुनसान देखिएका छन् ।

आज बिहान सात बजेदेखि बेलुका मतदान नसकिँदासम्म पासविनाका सवारी साधन चलाउन पाइँदैन। यो बीचमा पासविनाका सवारी चलाएको खण्डमा दिनभर होल्ड गरेर राखिनेछ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहानैदेखि पास विनाका सवारी साधन होल्ड गरेर राखिएको छ । मुख्य सडकमा ट्राफिक प्रहरी, जनपद प्रहरी र म्यादी प्रहरीले सवारी चेकजाँच गरिरहेका छन् । पासविना चलाइएका सवारीलाई त्यही होल्ड गरेर राखिएको छ ।

आपतलीन प्रयोजनमा प्रयोग हुने एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाडी निर्वाध रुपमा चलिरहेका छन् ।

त्यस्तै अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनु पर्दैन ।

अन्य अत्यावश्यक सेवाका सवारीसाधनका लागि सवारी पासको व्यवस्था गरिएको छ । नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मी र उनीहरूेले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक पर्दैन । तर, प्रेस पास नभएका सञ्चारकर्मीले भने जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ३३ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षीको अवरोध, प्रतिनिधिसभा दोस्रोपटक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको विषयमा छलफल

बुटवल । निल हिरा समाज, रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा यौनिक

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले