२३ बैशाख २०८३, बुधबार | May 6, 2026

दोलखामा बुथ कब्जा गर्ने प्रयास, दुई पक्षबीच झडप भएपछि हवाई फायर



दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको छ । दुई पक्षबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच झडप भएको थियो ।

मतदान चलिरहेका बेला बाहिरबाट ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको हो । ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले बताए ।

मतदाता आउने बाटो अबरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताहरूले बुथ कब्जा गर्न खोजेका थिए । सर्वदलीय बैठक बसेर पुनः मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान हुने उनको भनाइ छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ५३ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण