२ पुस २०८२, बुधबार | December 18, 2025

चितवनका कोरोना संक्रमित दम्पतीका छोरालाई पनि संक्रमण पुष्टि



चितवन । कोरोना भाइरसको संक्रमण भएका भरतपुर महानगरपालिका वडा नं. ६ का दम्पतीको ५३ वर्षीय जेठा छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान गरेको अद्यावधिक विवरण अनुसार भरतपुर–६ का एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित व्यक्ति शुक्रबार संक्रमित दम्पतीका छोरा भएको भरतपुर अस्पतालले जनाएको छ।

भारतको दिल्लीस्थित राजीवगान्धी क्यान्सरअस्पतालबाट बाबुको उपचार गराएर फर्किएका छोरालाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

यसअघि, गरिएको परीक्षण नेगेटिभ देखिए पनि भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट कोरोना पुष्टि भएको जनाइएको छ ।

कोरोना पुष्टि भएसँगै संक्रमितलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : ५० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल