१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

२५६६ औ बुद्ध जयन्ती : आठौ टुर द लुम्बिनीका साईक्लिष्टलाई बुटवलमा स्वागत



बुटवल । २५६६ औ बुद्ध जयन्तीको अवसरमा काठमाडौंबाट यात्रा शुरु गरेका साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ। टुर डे लुम्बिनी शान्ति साइकल यात्राको आठौ संस्करणमा देबेन्द्र बस्नेतको नेतृत्वमा सुनिल ख्याजु, सुनिल तन्डुकार, सागरमान महर्जनको टिम आईतबार बुटवलमा आईपुगेका हुन।

राजमार्ग चौराहामा जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, सदस्य रबिलाल सुवेदी, रेशम रेग्मी, सैनामैना साईकल साथीका अध्यक्ष गगन रानाले साईक्लिष्टहरुलाई खादा ओढाएर स्वागत गरे ।

राष्ट्रिय स्तरको शान्ति साईकल यात्राको आठौ संस्करणलाई निरन्तरता दिन यस वर्ष कार्यक्रम गरिएको टुर द लुम्बिनी, पेडल फर पिसका अध्यक्ष मेघ आलेले बताए। कोभिड १९ संक्रमणका कारण गतवर्ष कार्यक्रम स्थगित भएको उनले बताए। यो वर्ष काठमाडौसहित रुपन्देही, कपिलवस्तु, नवलपरासीका साईक्लिष्टहरु सहभागी भएर यात्रा गर्न लागेको जानकारी दिंदै आलेले स‍‍ोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्तिको कामनासहित दिप प्रज्वलन गर्ने जनाए।

टुर द लुम्बिनी, पेडल फर पिसका सदस्य किशोर श्रेष्ठले साईकलमार्फत एकतावद्ध गराउने र सामाजिक कार्य गर्ने लक्ष्यका साथ आफुहरु अघि बढेको बताए। पर्यटन प्रवद्घर्नमा समेत यसबाट फाईदा मिल्ने उनको दाबी छ।

स‍ोमबार बिहान बुटवल वडा नं १ स्थित पद्म चैत्य बिहारबाट लुम्बिनीका लागि साईकल यात्रा शुभारम्भ हुने साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए। यात्रामा रुपन्देहीका ५ वटा क्लब, नवलपरासी र कपिलवस्तुका एकएक क्लबहरु गरि एक सय बढि साईक्लिष्टहरुको सहभागिता रहने उनले बताए।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ३३ बजे

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स