२४ भदौ २०८३, बुधबार | September 9, 2026

एमालेले क्लिन स्वीप गरेको पालिकामा काँग्रेसको पुनरोदय



इलाम । पहिलो स्थानीय तहको निर्वाचनमा क्लिन स्वीप भएको इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसको पुनरोदय भएको छ । सन्दकपुर गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका तुला गुरुङ निर्वाचित भएपछि कांग्रेसको पुनरोदय भएको हो ।

उनले नेकपा एमालेका उदय राईलाई पराजित गरे । निवर्तमान अध्यक्षसमेत रहेका राईले तीन हजार २५८ मत पाउँदा गठबन्धनका उम्मेदवार तुला गुरुङले चार हजार २२३ मत पाएका छन् । यसअघि राईले गाउँपालिका अध्यक्ष जित्दा एउटा वडाध्यक्षबाहेक अरु सवै जनप्रतिनिधि एमालेले जितेको थियो ।

वडा नम्बर १ मा माओवादीबाट निर्वाचित वडाध्यक्ष नन्द राई एमालेमा प्रवेश गरेका थिए । दोस्रो स्थानीय तहको निर्वाचनमा पार्टीले उनलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार थिए । उनी एमालेका उम्मेदवार रहर कुमार राईसँग पराजित भएका छन् ।

उपप्रमुखमा गठबन्धनै तर्फबाट हरिबहादुर लुङ्गेली मगर निर्वाचित भएका छन् । लुङ्गेलीले तीन हजार ६२६ मत प्राप्त गर्दा नेकपा एमालेबाट उम्मेदवार भएकी तुलसादेवी सेडाईले दुई हजार ९८६ मत पाएकी छिन् । देउमाईमा दुईवटाको वडाध्यक्ष एमालेले जितेको छ ।

१ नम्बर वडामा रहर कुमार राई र ५ नम्बर वडामा यज्ञबहादुर गुरुङ, वडा नम्बर २ मा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका सनम राई वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर ४ मा पनि गठबन्धनकै तर्फबाट जनता समाजवादी पार्टीका ढालबहादुर गुरुङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका लिला बुर्जाले वडाध्यक्ष जितेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : ३१ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४