१२ पुस २०८२, शनिबार | December 27, 2025

गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका कोपिलामणिले जिते बागलुङ-१२ को वडाअध्यक्ष



काठमाडौं । पाँच दलीय गठबन्धनलाई चुनौती दिँदै बागलुङको वडा नं. १२ मा स्वतन्त्र उम्मेदवारी दिएका कोपिलामणि शर्मा वडाअध्यक्षमा विजयी भएका छन् । शर्माको प्यानल नै विजयी भएको छ ।

जिल्लामा गठबन्धन बनाएर चुनाव लडेको नेपाली कांग्रेसले वडा नंं १२ अमलाचौरमा जनमोर्चालाई छोडिदिएको थियो । तर, पार्टीले गरेको निर्णयलाई चुनौती दिँदै नेपाली कांग्रेसका स्थानीय पाका नेता कोपिलामणि शर्माले प्यानलै बनाएर चुनाव लडेका थिए । सोमबार सम्पन्न मतगणनामा शर्माले २०७४ मा एमालेबाट वडा अध्यक्षमा निर्वाचित गुरुप्रसाद पाठकलाई ५ सय मतान्तरले पराजित गरेका छन् ।

वैशाख ३० गते भएको निर्वाचनमा मुढा चुनाव चिन्ह लिएका शर्माले पाठकलाई ५४९ मतले पराजित गरेका हुन् । शर्माले १३३८ मत प्राप्त गरे । उनका निकतटम प्रतिस्पर्धी पाठकले ८०१ मत ल्याए । यस्तै गठबन्धनबाट उठेका लोकनाथ शर्माले १७८ मत प्राप्त गरे ।

गाउँमा सबैसँग राम्रो सम्बन्ध रहेका शर्मा २०४९ सालदेखि लगातार स्थानीय निर्वाचनमा लड्दै आएका थिए । तर, बारम्बार पराजित भएपनि हरेश नखाएका शर्मालाई अहिले अमलाचौरबासीले न्याय गरेका छन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ०६ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको