२० बैशाख २०८३, आइतबार | May 3, 2026

दशरथचन्दको मेयरमा एमालेका लख्खाभाई, उपमेयरमा कांग्रेसकी चन्द



बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्कर राज जोशी लख्खाभाई विजयी भएका छन् । अन्तिम मत परिणाम आउनु अगावै लख्खाभाई भारी मतान्तरले विजयी भएका हुन् ।

अहिले वडा न। ५ को केहि मतगणना बाँकी रहेकै बेला लख्खाभाईले गणना हुनु भन्दा ५ गुणा बढीको मतान्तर बनाएका छन् । लख्खाभाईले अहिले ६०९९ मत आउदाँ कांग्रेसका गजेन्द्रसिंह रावलको ४५७५ मत आएको छ । लख्खाभाई २०७४को निर्वाचनमा राप्रपाबाट मेयर पदमा ६८ मतले पराजित भएका थिए । अहिले एमालेमा रहेका उनि मेयर पदमा निर्वाचित भएका हुन् ।

यसैगरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सरस्वती नेपालीलाई पराजित गरेकी हुन् । नेपालीले ५१०० सम ल्याउदा चन्द ५६५३ मत ल्याइ विजयी भएकी हुन् । उपमेयरकी प्रतिस्प्रधी नेपाली भने, २०७४को चुनावमा समेत पराजित भएकी थिइन् ।

एमालेले दशरथचन्द नगरपालिकाका ७ वडामा विजय हासिल गरेको छ । वडा न।१मा बिष्णु भट्ट, वडा न।२मा सुर्य बोहरा, वडा न।३मा अजव पाण्डेय, वडा न।४मा भानदेव भट्ट, वडा न। ७मा हरीदत्त बडु, वडा न।९मा मोहन देव जोशी, वडा न।११मा जयदत्त पन्तले एमालेबाट विजय हासिल गरेका छन् भने, वडा न।५ मा महेन्द्र कार्की, वडा न।८मा चामुसिंह थापा र वडा न।१०मा त्रिलोकसिंह बिष्ट विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ३३ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर