२० बैशाख २०८३, आइतबार | May 3, 2026

पाटन नगरपालिकामा गठबन्धन विजयी, डिलाशैनीमा स्वतन्त्र



बैतडी । बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएकाछन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् ।

पाटनमा कांग्रेस माओवादी, नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । उपमेयर र वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएकाछन् ।

त्यस्तै, डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोसप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । युवा संघका तत्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए ।

अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई विजइ हुँदा माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएकाछन् ।

उपाध्यक्षमा बोहराले ३ हजार ८७३ मत ल्याउदा एमाले उम्मेदवार लिलावति जोशीले २ हजार ७७९ मत ल्याएका छन्

यस्तै वडा न। ७मा समेत स्वतन्त्र उम्मेदवार प्रकाश भट्ट प्यानलसहित विजयी भएका छन् । योसंगै वडा न। ५,६ र ७मा स्वतन्त्र उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन् । वडा न।४ मा स्वतन्त्र उम्मेदवार हरि पन्त, वडा न। ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानल सहित विजयी भैसकेका थिए ।

डिलाशैनीको वडा न।१ र ६ मा कांग्रेस, २ र ३ मा एमालेले जित हात पारेकाछन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : २८ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर