२६ बैशाख २०८१, बुधबार | May 9, 2024

पाटन नगरपालिकामा गठबन्धन विजयी, डिलाशैनीमा स्वतन्त्र



बैतडी । बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएकाछन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् ।

पाटनमा कांग्रेस माओवादी, नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । उपमेयर र वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएकाछन् ।

त्यस्तै, डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोसप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । युवा संघका तत्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए ।

अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई विजइ हुँदा माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएकाछन् ।

उपाध्यक्षमा बोहराले ३ हजार ८७३ मत ल्याउदा एमाले उम्मेदवार लिलावति जोशीले २ हजार ७७९ मत ल्याएका छन्

यस्तै वडा न। ७मा समेत स्वतन्त्र उम्मेदवार प्रकाश भट्ट प्यानलसहित विजयी भएका छन् । योसंगै वडा न। ५,६ र ७मा स्वतन्त्र उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन् । वडा न।४ मा स्वतन्त्र उम्मेदवार हरि पन्त, वडा न। ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानल सहित विजयी भैसकेका थिए ।

डिलाशैनीको वडा न।१ र ६ मा कांग्रेस, २ र ३ मा एमालेले जित हात पारेकाछन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : २८ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s