४ पुस २०८२, शुक्रबार | December 20, 2025

ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा गठबन्धनका केसी विजयी



ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् ।

गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका अनुसार केसीले ३ हजार ४ सय ५५ मतले जित हासिल गरेका हुन् । उनी कांग्रेस नेता हुन् ।

उनका निकतम प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय ८७ मत ल्याएकी छिन् ।

माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएकोमा उनले २ सय ३८ मत ल्याएका छन् ।

उपाध्यक्षमा विजयी गोलेले ३ हजार १ मत ५२ ल्याएकी छिन् । उनी माओवादी केन्द्रकी उम्मेदवार हुन् । उनका निकतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाँईले २ हजार ७ सय ८७ मत ल्याएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको