१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बिद्युतसँग मागियो पटक पटक विद्युत अवरुद्ध हुनुको सूचना



नेपालगञ्ज । नेपालगञ्जमा बिद्युत अनियमित भएपछि नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रसँग सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्जका ४ जना स्थानीयले संयुक्त रुपमा सूचना माग गर्दै बिद्युतमा निबेदन दर्ता गराएका हुन् ।

सूचना मागकर्ताहरुले बिद्युतसँग नेपालगञ्ज लोडसेडिंग मुक्त हुँदा पनि बिद्युत अनियमित हुनुको कारण मागेका छन् । उनीहरुले एक दिनमा बिद्युत सेवा अवरुद्ध हुने समय, सो को बिबरण माग गर्नुका साथैे समस्या कहिले सम्म रहन्छ र सो समस्या समाधानका लागि गरिएको पहल बारे थाहा मागेका छन् ।

निबेदकहरुले बिद्युत सेवा प्रबाह अनियमित हुनुको कारण माग्दै बिद्युत सेवा अवरुद्ध हुने बारेको सूचना कसरी, कुन माध्यमबाट प्रबाह हुने गरेको छ सो को बिबरण माग गरेका छन् ।

त्यसैगरि बिद्युत सेवा अनियमित हुँदा उपभोक्ताले कहाँ, कसरी, कुन माध्यमबाट गुनासो गर्ने, गुनासो सुनुवाईको व्यवस्था के गरिएको छ ? सो को जानकारी समेत उपलब्ध गराउन माग गर्दै हाल बिद्युत सेवा अवरुद्ध हुने बारे जारी गरिएको सूचनाको छायाँकपि मागेका छन् ।

नेपालगञ्ज–१२, बाँकेका नमस्कार शाह नेपालगञ्ज–१० बाँकेका हेमराज भट्ट, मन भण्डारी र नेपालगञ्ज–४ का शर्मिला थापाले संयुक्त रुपमा सूचना माग्दै निबेदन दर्ता गरेका हुन् ।

गर्मी याम सुरुभएसँगै नेपालगन्जमा हरेक दिन बिना सुचना दर्जनौ पटक बिद्युत अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ६ : ३५ बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा