२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

सरकारले आइतबार दिने भनेको इदको बिदा सोमबार दिने



काठमाडौं । मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा भोलि (सोमबार) दिने भएको छ ।

सरकारले यसअघि सार्वजनिक गरेको सार्वजनिक बिदा सच्याउँदै जेठ १२ गते सोमबार दिने भन्दै सूचना सच्याएको छ ।

यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो ।

तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

नेपाल र दक्षिण एसियाभरबाट २०७७ जेठ १० मा चन्द्रमा नदेखिएकाले ईद पर्व २०७७ जेठ १२ गते मनाउने निर्णय भएको र सोही दिन सार्वजनिक विदा कायम गरिएको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ७ : ३८ बजे

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले