२० माघ २०८२, मंगलबार | February 3, 2026

पाठयपुस्तक समयमै विद्यार्थीको हातमा पुग्छ : शिक्षा सचिव कोईराला



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठयपुस्तक पुग्ने दाबी गरेका छन् ।

करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठयपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने जेठ ५ गते विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताएका हुन् । उनले वैशाखमा पुस्तक छाप्ने योजना रहेपनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताए । उनले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताए । शिक्षा सचिव कोईरालाले समयमै पाठयपुस्तक सम्बन्धित ठाउँमा पठाइएकोले समयमै सबै विद्यार्थीको हातमा पाठय पुस्तक पुग्ने बताए ।

शिक्षा सचिव कोईरालाले भने, ‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो । वैशाख १ गतेबाट किताव वितरण गर्ने फाइनल स्टेजमा थियौँ । बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले सामान ल्याउन सकेनन कागजहरु । निजी क्षेत्रले समेत कागजको अभावका कारण छाप्न नसक्ने अवस्था छैन भने । यो सरकारी हो । टेण्डर गरेको हुन्छ । टेण्डर गरेको कारणले सप्लायर्सले सामान नै भेटेन । भेटेका सामानहरु पनि अहिले ५० प्रतिशत मूल्य बढेर भेटियो । त्यो पनि सप्लायर्सले सम्झौता गरेको ठाउँबाट ल्याउन सकेको थिएन । तेस्रो भनेको चुनावको कारणले पनि छाप्न सकिएन । यसमा थोरै मात्रै छाप्न बाँकी रहेको कारणले बिस्तारै गर्ने प्राथमिकता निर्वाचनलाई दियाँै । हामीले ५ गतेबाट कितावहरु वितरण गर्न थाल्नेछौँ । पाठयपुस्तक समयमै सबै ठाउँमा गइसकेको छ । अझै ५/७ दिन मत गणनाको कारणले ढिला हुने देखिन्छ केही स्थानहरुमा । स्थानीय निर्वाचनका कारण केही ढिला भएको जस्तो दखिएको हो तर समयमै सबैको हातमा किताव पुग्छ । स्थानीय तहमा सबै ठाउँमा भोलिबाट पाठयपुस्तक पुग्छ । कर्णालीमा पुगेको नै ६ महिना भइसकेको छ ।’

सरकारले समयमै पाठयपुस्तक छपाइ र वितरण गर्न नसक्दा कक्षा १ देखि माध्यामिक तहसम्मका विद्यार्थीहरुले शैक्षिक सत्र शुरु हुँदासमेत पाठयपुस्तक पाउन सकेका छैनन । विशेष गरी कक्षा ४,७ र ९ को पाठयपुस्तक नयाँ लागू भएको छ । तर समयमा पाठयपुस्तक छाप्न नसक्नु र वितरण गर्न नसकेकोमा शिक्षक र विद्यार्थीहरु पाठयक्रमलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा छन । विद्यालयहरुमा पाठयपुस्तक जेठको पहिलो हप्तासम्म पनि नपुग्नु शिक्षामाथि राज्यको हेलचेक्राँइ भएको अध्यापकहरुको बुझाइ छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ४ : ०३ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज