५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गण्डकी प्रदेशको प्रदेशसभा भवन साँघुरो भएपछी प्रदेशको बर्खे अधिबेशन पोखरा सभागृहमा आजदेखि सुरु हुदै



पोखरा । गण्डकी प्रदेशसभाले आज (आइतबार) का लागि आह्वान गरिएको बर्खे अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोेभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अवलम्बन गरी पोखरा सभागृहमा अधिवेशन हुन लागेको हो ।

यसअघि पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रदेशसभा भवनमा पाँचौँ अधिवेशन सम्पन्न भएको थियो । हालको प्रदेशसभा भवन साँघुरो भएका कारणले आवश्यक सामाजिक दूरी कायम गर्न नसकिने भएपछि सरकारले पहिलो पटक सभागृहमा सदनको छैटौँ अधिवेशन सञ्चालन गर्ने निर्णय गरेको हो । प्रदेशसभामा ६० सदस्य छन् ।

आइतबार दिनको १ः०० बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वानका लागि संसद् सचिवालयमा पठाएको पत्रका बारेमा सभामुख नेत्रनाथ अधिकारीले सदनलाई जानकारी गराउने कार्यसूची छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकअनुसार सदनमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय समाजवादी जनता पार्टीका संसदीय दलका नेताले समसामयिक विषयका साथै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुहुने सभामुख अधिकारीले जानकारी दिनुभयो ।

उहाका अनुसार संसद् सचिवालयमा दर्ता भएर प्रक्रिया पुगेको एक विधेयकसमेत बैठकमा टेबल गर्ने तयारी छ । पछिल्लोपटक गत चैत ६ गते बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगन भएको थियो ।

त्यसपछि कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारण अर्को बैठक बस्न नपाउँदै सदनको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

गत वैशाख २३ गते मन्त्रिपरिषद्ले सदनको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । अधिवेशन सञ्चालनका लागि सभागृहमा आवश्यक सम्पूर्ण तयारीका काम सम्पन्न भएका प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकका लागि मुख्य सभाहलमा सभामुख कक्ष, सभामुख ड्यास र हलमा ४०० नयाँ कुर्सी जडान गरिसकिएको छ । अधिवेशनका लागि सदनका विभिन्न समितिका कार्यकक्षसमेत तयारी अवस्थामा छन् ।

सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी डेढ मिटरको सामाजिक दूरी कायम गरेर प्रदेशसभा सदस्यको नामसहितको सिट व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको पुरानो र जीर्ण सभागृह प्रदेशसभा बैठक बस्ने भएपछि अहिले आवश्यक मर्मतसहित मुख्य सभाकक्षलगायतका भवनको रङ्गरोगन गरेर चिटिक्क पारिएको छ ।

हलमा कार्पेटिङ तथा साउण्ड सिस्टम जडान गरिसकिएको छ । अधिवेशन आह्वानलगत्तै सभागृहमा सुरक्षाकर्मी परिचालन गरी विभिन्न छ स्थानमा सुरक्षा कक्ष स्थापना गरिएको छ ।

सरकारले करिब २५ लाख लागतमा सभागृहको मर्मत सम्भार गरेको हो । उपसभामुख सिर्जना शर्माले कोभिड–१९ को पिसिआर परीक्षण रिपोर्टका आधारमा मात्र अधिवेशन हलमा प्रवेशको व्यवस्था गरिएको बताउनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ८ : ०५ बजे

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल