१० पुस २०८२, बिहिबार | December 25, 2025

अछामको साँफेबगरमा आज मतदान



काठमाडौं । अछामको साँफेबगरमा आज शुक्रबार मतदान हुने भएको छ । यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि हुन लागेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको मतदानको बारेमा भने निर्णय भइसकेको छैन ।

यसअघि ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका-१७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका बाहेक देशभरका मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको थियो ।

तर, मतदानको क्रममा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई विभिन्न मतदान केन्द्रमा मतदान स्थगित हुन गएको थियो ।स्थगन भएका स्थानमध्ये ५ स्थानमा १ जेठ, ७ स्थानमा २ जेठ, ८ स्थानमा ३ जेठ र १५ स्थानमा जेठमा मतदान कार्य सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : ३५ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु