२७ बैशाख २०८३, आइतबार | May 10, 2026

बारास्थित पूर्वपश्चिम राजमार्गका अधिकांश पुल साँघुरा र जीर्ण



बारा । बढ्दो सवारीसाधनको चापसँगै बारामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो ।

पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरूदण्ड मानिन्छ, दिनहुँ सोही राजमार्ग भएर हजारौं सवारीसाधन गुड्छन् । देशको विकासको आधार बनेको यस राजमार्गअन्तर्गत विभिन्न ठाउँका पुल अहिले साँघुरो र जीर्ण भएका छन् । पुल साँघुरोे भएकै कारण राजमार्गमा घण्टौँ जाम हुने गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बारामा मात्र साना तथा ठूला गरेर एक दर्जन बढी पुल छन् । अधिकांश पुल साँघुरो र जीर्ण भएर सवारी जाम बढिरहेको छ ।
औसत पुलको आयु ५० देखि ६० वर्षको हुने बताइन्छ, तर बारामा निर्माण गरिएका पुलहरू करिब ७० वर्षभन्दा पुराना छन् । पुल साँघुरोे र जीर्ण भएको वर्षौं भइसके पनि सरकारले नयाँ पुल निर्माणमा कुनै चासो दिएको छैन, जस कारण हजारौँ यात्रु जोखिम मोलेर गर्नुपर्ने यात्राको अन्त्य तत्काल हुने देखिँदैन ।

सरकारले महंगो सवारी कर लिने गरेको पनि सडक निर्माणमा चासो नदिएकै कारण म्याद सकिएको पुलमा जीवन नै दाउमा राखेर सवारी चलाउन बाध्य भएको सवारी चालकहरूको गुनासोे छ ।

बाराको पसाहा, बालगंगा, भमारा पुल, एक नम्बर पुललगाएतका पुल साँघुरोे र जीर्ण छन् । साँघुरा र जीर्ण पुलकै कारण ट्राफिक जामसमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यलय बाराको अधिकांश समय पुल क्षेत्रमा रहेका सवारीसाधनलाई व्यवस्थापन गर्नेमा बढी समय खपत हुने गरेको छ । पुलहरूमा सवारी चाप दैनिक बढिरहेको र साँघुरो पुलका कारण जाम हुने गरेकाले अधिकांश ट्राफिक प्रहरी त्यहीँ जाम न्यूनीकरणका लागि खटाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए । उनले नयाँ पुल निर्माण नभएसम्म समस्या समाधान नहुने बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ४ : ४४ बजे

लम्की-टीकापुर-खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

नेपालगन्ज । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगन्ज उपमहानगरपालिका–७