२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

२४ घण्टामा हावाहुरी र चट्याङबाट पाँचको मृत्यु, ११ घाइते



पछिल्लो २४ घण्टामा हावाहुरीसहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहरीका कारण चितवनमा तीन र चट्याङ लागेर खोटाङ र सुनसरीमा एकरएक जनाको मृत्यु भएको हो ।

यस्तै हावाहुरीका कारण घाइते हुनेमा चितवनमा दुई, कैलालीमा आठ र चट्याङबाट प्यूठानमा एकजना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १२ जिल्लामा १८ वटा विपद्जन्य घटना भएकामा पाँच जिल्लामा बढी धनजनको क्षति भएको जनाइएको छ । भौतिक क्षतिको भने विवरण आइसकेको छैन । कतिपय ठाउँमा रूख, पोल ढलेर राजमार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : २२ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा