२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

अन्ततः एमबाप्पे पीएसजीमै रहने, तीन वर्षको सम्झौता



काठमाडौं । फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन( पीएसजी) सँग थप तीन वर्षको सम्झौता नविकरण गरेका छन् ।

एमबाप्पेलाई भित्राउने प्रयासमा रहेको स्पेनिस ला लिगाको क्लब रियल मड्रिडको इच्छा यस पटक पनि पूरा हुन पाएन ।

रियाल पछिल्लो केही सिजन देखी लगातार एमबाप्पेलाई अनुबन्धन गर्ने प्रयासमा थियो । रियालले एमबाप्पेसँगै इर्लिङ हल्यान्डलाई समेत अनुबन्धन गर्ने प्रयास गरेको थियो ।

हल्यान्ड यसै महिना मात्र इङलिस प्रियिमर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए ।

एमबाप्पे र पिएसजीबीचको सम्झौता आगामी महिना सकिँदै थियो । एमबाप्पेले केही दिन अघि मात्र आफूले क्लब भविष्यका बारेमा निर्णय गरिसकेको र छिट्टै आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका थिए । नयाँ सम्झौतापछि एमबाप्पे सन् २०२५ सम्म पिएसजीमै रहनेछन् ।

‘म घोषणा गर्न चाहन्छु, मैले पिएसजीसँगको सम्झौता थप गर्ने निर्णय लिए र म एकदमै खुशी छु’, एमबाप्पेले भनेका छन् , ‘म क्लबको नयाँ प्रस्तावमा सहमत भए । मप्रति विश्वास गरेकाले क्लबका अध्यक्ष नासिर अल खिलाफीलाई धन्यवाद दिन चाहन्छु । ’

एमबाप्पेले पिएजीसँगको सम्झौता नविकरणलाई यादगार बनाउने क्रममा शनिबार मेइन्जविरुद्ध ५-० को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : १६ बजे

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले