२५ चैत्र २०८२, बुधबार | April 8, 2026

भरतपुर महानगर अपडेट : रेणु दाहाल जितको नजिक पुग्दै, बढ्यो मतान्तर



चितवन । भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित जस्तै बनेको छ । २८ हजार १९५ मत गणना हुन बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयर पदमा उम्मेदवार भएकी माओवादी केन्द्रकी दाहालले ३९ हजार ४१६ मत प्राप्त गरेकी छन् ।

दाहाललाई पछ्याईरहेका नेकपा एमालेका विजय सुवेदीले ३० हजार ६६० मत प्राप्त गरेका छन् । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९९ हजार ६४४ मतगणना सकिएको छ ।

वडा नम्बर ४ को मतगणना देखि नै लगातार अग्रता लिँदै आएकी दाहालले आठ हजार ७५६ मतान्तरले अगाडि छिन् । अहिले भरतपुर–२१ र २२ को मतगणना भइरहेको छ । दुवै वडामा गठबन्धनका उम्मेदवार अगाडि छन् । सात वटा वडाको मतगणना गर्न बाँकी छ ।

मतगणनामा देखिएको अधिकांस दृष्यमा एमालेका वडा अध्यक्षका उम्मेदवारले पाएको भोट एमालेकै मेयरका उम्मेदवार सुवेदीले पाएका छैनन् । एमालेको गढ मानिएको वडामा नै मेयरमा दाहाललाई दिएर बाँकी पदमा एमालेका उम्मेदवारलाई मत दिएको पाइएको छ ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलका कारण पनि रेणु दाहाललाई जित्न सहज भएको विश्लेषकहरुको भनाई छ । पौडेलले अहिलेसम्म १२ हजार ८१० मत ल्याएका छन् । असन्तुष्ट कांग्रेसीबाट सुवेदीलाई जान सक्ने मत पौडेलले रोकेको उनीहरुको तर्क छ ।

मेयरमा सुवेदीलाई दाहालले धेरै मतान्तरले पछाडि पारे पनि माओवादी केन्द्रले पाएको वडा अध्यक्ष पद भने जित्न सकेको छैन । रेणले अग्रता लिएपनि अहिले सम्मको गणनमा माओवादीले भरतपुरको एउटा मात्रै वडा जितेको छ ।

उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४१ हजार ६६७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २४ हजार २६७ मत ल्याएकी छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १० : ४२ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास