१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १९ जना



काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या ६ सय कटेको छ ।

आइतबार थप १९ जनामा कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलबस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट, सर्लाही, मोरङ, काठमाडौ, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

आइतबार देखिएका संक्रमितमा मोरङ बाह्रदसी ३ का ४५ वर्षीय पुरुष, बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्सा वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साको नागवाका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष,रुपन्देहीका सम्मारीमाइका ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोस्रहखुट्टेका ७९ वर्षीय पुरुष, नुवाकोट ककानीका ३९ वर्षीय पुरुष रहेका छ्न ।

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका गाउँपालिका २३, ३०, ४० वर्षीय पुरुष, कपिलबस्तु खैराती ३ का ३५, ३७, ५२ वर्षीय पुरुष र गुल्मीको मदानेका ३१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ देखिएको हो।

कुल ६०३ संक्रमितमध्ये ५२४ पुरुष र ८९ जना महिला रहेका छन् ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य सुरु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
हालसम्म ८७ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ४ : २९ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि