१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कोरोना अस्पतालमा इद मनाउन कपडा र सेवई



कपिलवस्तु । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना भाइरस संक्रमितलाई इदुल फित्रका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ ।

मुस्लिम समुदायको मुख्य पर्व इद सोमबार मनाइने भएकाले कोरोना संक्रमित मुसलमान समुदायका व्यक्तिलाई अस्पतालले कपडा र खाद्य पदार्थ वितरण गरेको हो ।

कपिलवस्तु र रुपन्देही जिल्लाका मुसलमान समुदायका १२ व्यक्तिलाई नयाँ कपडा, नमाज पढ्दा बिछयाइने मुसल्ला, इदमा खाइने सेवई वितरण गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो । उनीहरुलाई बुटवलस्थित धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा सामग्री वितरण गरिएको डा खनालले बताउनुभयो ।

उक्त अस्पतालमा उपचारार्थ मुसलमानमध्ये शनिबार चार जना कोरोना जितेर घर फर्किएका छन् । साथै अस्पतालमा रहेका सबै संक्रमितलाई सेवई खाने व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।

कपिलवस्तुका १० संक्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा. सुुदर्शन थापाले जानकारी दिनुभयो । कपिलवस्तुमा शनिबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएसँंगै जिल्लामा कोरोना संक्रमित ८० पुगेका छन् ।

साझेदारी वनले किट खरिद गर्दै
कपिलवस्तुका तीन साझेदारी वन व्यवस्थापन समितिले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पिसिआर किट खरीद गर्ने भएका छन् । साझेदारी वन समितिले किट खरीद गरेर गौतमबुद्ध डिभिजन वन कार्यालय क्षेत्रअन्तर्गतका किट आभाव भएका शिवराज, कृष्णनगर, महाराजगञ्ज र बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकालाई किट प्रदान गर्ने भएका छन् ।

कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले रु १५ लाखको पिसिआर किट खरिद गर्ने निर्णय गरेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिनुभयो ।

जिल्लाका पालिकामा किट अभाव भएकाले किट खरीद गरी पाँच पालिकालाई हस्तान्तरण गरिने वन अधिकृत कार्कीले बताउनु भयो । बैठकले कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका अध्यक्ष गंगेशनाथ तिवारीको अध्यक्षतामा किट खरिद तथा वितरण समिति गठन गरी खरीद प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ६ : २० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले