३० बैशाख २०८३, बुधबार | May 13, 2026

गरुडा नगरपालिकामा नेकपा एमाले विजयी



रौतहट । रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् ।

जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।

नवनिर्वाचित मेयर कखवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादबले ४ हजार ५ सय २५ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ । कांग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।

योसँगै नेकपा एमालेले रौतहटमा तिन वटा पालिकामा जित हात पारेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ५ : ५४ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर