६ श्रावण २०८३, बुधबार | July 22, 2026

पानी पर्नासाथ काठमाडौंमा जलमग्न



काठमाडौं । काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा परेका छन् । बिहीबार साँझपख परेको पानीका कारण अनामनगरका केही क्षेत्र डुबानमा परेका छन् ।

माइतीघर, सिंहदरबार, पुतलीसडक, कपनलगायतका क्षेत्र जलमग्न भएका छन् । ती क्षेत्रमा वर्षाको पानी जम्दा सवारीसाधन आवतजावतमा समेत प्रभाव परेको छ । बुधबार पनि काठमाडौं उपत्यकामा वर्षा भएको थियो । वर्षाका कारण नारायणहिटी क्षेत्रमा समेत सवारी आवतजावतमा प्रभाव परेको थियो । वर्षाको पानीका कारण बिहीबार र बुधबार काठमाडौंमा घण्टौं जाम लागेको थियो ।

टेकु अनामनगर, सुन्धारा, पुतलीसडक, बानेश्वर, माइतीघर, नाराणहिटीलगायतका क्षेत्रमा अबेरसम्म ट्राफिक जाम भएको थियो । ट्राफिक जाम खुलाउन ट्राफिक प्रहरीलाई हम्मे परेको थियो । काठमाडौं उपत्यकाका ढलको उचित व्यवस्थापन नहुँदा थोरै पानी पर्दा पनि वर्षाको पानी सडकमा जमेर जलमग्न हुने गरेको छ ।

विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । बढ्दो सहरीकरणसँगै अव्यवस्थित ढल र काठमाडौंमा थुप्रिएको प्लास्टिकलगायत फोहोरका कारण पनि वर्षाको पानी सडकमा जम्ने गरेको छ । सडक किनारामा रहेका ढल फोहोरले टालिएपछि पानी सडकमा जम्ने गरेको छ ।

ढलको मुख सानो हुने र त्यसमा पनि फोहोरले टालिएपछि वर्षाको पानी सडकमा जमेर जलमग्न हुने गरेको छ । सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदलयात्री समस्यामा परेका छन् । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीसमेत मारमा पर्ने गरेका छन् ।

पैदल यात्रुलाई थप सास्ती अव्यवस्थित सडक र ढलको कारण पैदल यात्रुलाई झनै सास्ती हुने गरेको छ । सडकमा वर्षाको पानीले जलमग्न हुने र पैदल यात्रुका लागि भनेर बनाइएका फुटपाथमा समेत निर्माण सामग्री राखिने र मोटरसाइकल पार्किङ गरिने हुँदा सर्वसाधारण थप समस्यामा पर्ने गरेका छन् ।

कतिपय ठाउँमा त फुटपाथमा नै बाइकका वर्कसपका कारण पैदय यात्रु हिँड्नै नसक्ने अवस्था रहेको पैदल यात्रुहरूको गुनासो रहेको छ ।आजको राजधानी दैनिकमा टेनिस रोकाले यो लेखेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ६ : ५९ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९